
काठमाडौं, साउन १६ । कोरोनाविरुद्ध तयार पारिएका खोपको प्रभावकारीताबारे आगामी वर्ष मात्र जानकारी हुने वैज्ञानिकहरुले बताएका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको मात्राको पर्याप्तताबारे केही समयपछि मात्र टुंगो लाग्ने भएको हो ।
निर्माण कम्पनी एस्ट्राजेनिकाका अनुसार भाइरसको व्यवहार एकदमै अप्रत्यासित भएकाले खोपको प्रभावकारिताबारे अहिले नै भन्न नसकिने बताउनुभएको हो ।
कम्तीमा १२ महिनासम्मका लागि खोप प्रभावकारी हुने आंकलन गरिएको पनि कम्पनीले जनाएका छ । खोपको असर एक वर्षसम्मका लागि मात्र देखिए यसलाई फ्लूको खोप झैं वर्षेनी दिन आवश्यक पर्ने बताइएको छ ।
कम्पनीले योजनाअनुसार काम भएमा यसै वर्षको अन्त्यबाट खोपको वितरण सुरू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्