
तस्विर : फाइल
म्याग्दी, साउन १६ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अर्थुङ्गे जोड्ने सडक शुक्रबारदेखि सुचारु भएको छ ।
गत सोमबार परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको बेनी–अर्थुङ्गे सडक बेनी नगरपालिकाले पन्छाएर अवरुद्ध भएको पाँच दिनपछि पुनः सञ्चालनमा ल्याएको हो ।
बेनीको कुरिलाखर्कनजिकै सडक माथिबाट आएको पहिरोलाई पन्छाएर सडक खुलाइएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्