
रोमन आचार्य र दिलिप पोखरले (ईमेज)
काठमाडौं, साउन १८ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट विमलेन्द्र निधीले १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि तयारी तिव्र पारे पछि स्वयम् देउवासहित दुईजना संस्थापन खेमाबाट सभापतिका उम्मेद्वार बन्ने समीकरण बन्न थालेको छ ।
यता, आसन्न महाधिवेशनबाट देउवालाई विदा गर्न कम्मर कसेका इतर समूहबाट करिब आधा दर्जन सभापतिमा आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पनि सभापति दोहोयाउने योजनामा हुनुहुन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्ण सिटौला पनि सम्पर्क कार्यालय स्थापना गरेर सभापतिको दौडमा लागि सक्नुभएको छ ।
त्यसो त महाधिवेशन आउन समय छंदै देशव्यापी दौडधुप गर्दै नेता शेखर कोइरालाले महाधिवेशनबाट कोइराला परिवारबाट गुमेको विरासत फर्काउने रणनीति अख्तियारी गर्नुभएको छ ।
पार्टीको महाधिवेशन आउन ७ महिना बाँकी रहँदा कांग्रेसभित्र सभापति बन्ने दौडधुपले तिव्र पाउनु अस्वाभाविक भने होइन ।
तर राजनीतिक विश्लेषक किशोर नेपालको बुझाइमा कांग्रेसको आसन्न महाधिवेसनले ‘टेष्टेट’ नेताहरु देउवा र पौडेललाई नेतृत्वको लडाइबाट बाहिर राख्ने कृयाकलापहरु बढेको बताउनुहुन्छ ।
१३ औं महाधिवेशनबाट कांग्रेसलाई कोइराला विरासत मुक्त गराउनुभएका देउवा १४ औं महाधिवेशनका लागि फेज आउट भएको विश्लेषण नेपालको छ ।
किनभने कार्याकाल दोहोराउने देउवाको सपनामा तुषारापात लगाउन देउवा खेमाबाट वर्तमान उपसभापति विमलेन्द्र निधि सभापतिको बलियो उम्मेद्वारको रुपमा उभिनुभएको छ ।
यता, देउवा इतरका पौडेल र सिटौला समूहको ध्येय महाधिवेशनबाट देउवालाई हटाउने नै हो । त्यसका लागि मोर्चावन्दीको कसरत पनि जोडतोडका साथ भइरहेको छ ।
तर पौडेल तथा सिटौंला पक्ष एक हुने संभावना भने एकदमै न्यून रहेकाले देउवालाई रोक्न सहज देखिंदैन ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य इतर पक्षबाट पाँच जना भन्दा बढी उम्मेदवार बन्ने संभावना रहेको अनुमान गर्नुहुन्छ ।
सिटौला समूहलाई सभापतिका लागि ‘स्ट्रोङ्ग’ समूह भन्न नसकिने आचार्यको विश्लेषण छ ।
कांग्रेसभित्रको वर्षौ पूरानो एकाधिकार तोडेर सभापति बन्नुभएका देउवालाई अबको महाधिवेशनमा पराजित गर्न सजिलो छैन ।
देउवा इतर पक्षधरले सर्वसम्मत उम्मेद्वार नबनाउने हो भने १४ औं महाधिवेशनमा देउवाको प्रतिस्पर्धी कमजोर बन्ने सम्भावना भने निकै देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्