
काठमाडौं, साउन १८ । अर्बाैको घाटा भएपछि नेपाल वायुसेवा निगमका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड भएका छन् ।
वर्षेनी करोडौंको घाटा व्यहोर्दै आएकोे निगमको घाटा बढेर १ अर्ब ९० करोड बढी पुगेसंगै आन्तरिक उडान गर्दै आएका चिनियाँ जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷७२ देखी २०७४÷७५ सम्ममा ६ अर्ब हाराहारी मूल्यमा किनिएका ति जहाजको सञ्चालन लागत बढि भएको बताइएको छ ।
ट्विनअटरको दाँजोमा ठुलो भएपनि प्यासेन्जर कम अटाउने हुँदा सञ्चालन लागत बढी पर्न गएको र बर्षेनी घाटा व्यहोर्नु परिरहेको निगमको भनाइ छ ।
गत असार १६ गते निगम सञ्चालक समितिको बैठकले साउन १५ पछि ति जहाज थक्याउने निर्णय गरेको थियो ।
नेपाल सरकार र चिन सरकार बिच २०७० साल मंसिरमा भएको सम्झौता बमोजिम निगमले ६ वटा जहाज किनेको थियो ।
तर अहिले निगमलाई यी जहाज निल्नु न ओकल्नु जस्तो भएको छ । निगमले आर्थिक वर्ष २०७६÷७७ मा मात्रैे ५० करोड खुद घाटा व्यहोरेको थियो ।
निगमका प्रवक्ता अर्चना खड्का वर्षेनी घाटा बढ्दै गएकाले यी जहाज थन्काउनुपरेको बताउनुहुन्छ ।
यी जहाज त्यसै थन्किएपछि नेपाल वायुसेवा निगमले अर्काे जहाज खरिदका लागि तयारी गरिरहेको छ ।
२०७० मा चिन सरकारसँग भएको सम्झौता अनुसार ७ वर्ष अर्थात २०२० सम्म रकम भुक्तानी गर्नुपर्दैन ।
तर सो ऋण रकम भुक्तानी अघि नै यी जहाज ग्राउन्डेड भएका हुन् ।
निगमसँग हाल १९ सिट क्षमताका २ वटा वाई १२ ई र ५६ सिट क्षमताको २ वटा एमए ६० ले दैनिक आन्तरिक उडान गरिरहेको छ ।
लकडाउन यता नै निगमले ५ अर्ब बढि गुमाएको बताएको छ । निगमको सञ्चित ऋण ३८ अर्ब पुगेको जनाइएको छ ।
यी जहाज ग्राउन्डेड भएपछि अझै उडान प्रभावित हुने र निगको वित्तीय अवस्था पनि थप विग्रंदै जाने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्