
काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ ।
कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्