१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीमा ‘नाउ’लाई कोरोना संक्रमण देखिएपछि तीनवटा वडा ‘सिल’


0
Shares

सुनसरी, साउन १९ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ ।

एकजना कपाल काट्ने नाउमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिनुभयो ।

उहाँले नाउले २ सयभन्दा बढीको कपाल काटेकाले कन्ट्रयाक टे«सिङ गरि सबैको पहिचान गर्नका लागि वडा सिल गर्नुपरेको बताउनुभयो ।

सिल गरिएका वडाका सर्वसाधारणलाई हिँड्डुलमा समेत प्रतिबन्ध लगाइएको छ ।