
काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।
सोमबार विभिन्न बौद्ध संघ संस्था र बौद्धमार्गीहरुको संयुक्त बैठकले समुह गठन गरेको हो ।
समुहले आउँदो बुधबार अयोध्यामा राम मन्दिरको भूमि पुजनको दिन काठमाडौंंस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।
साथै सोही दिन भारतको साकेत मुक्ति आन्दोलन प्रति ऐक्यबद्धता जनाउन शान्तिपूर्ण धर्ना समेत दिने समुहले जनाएको छ ।
भारतका बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि नभएको, अयोध्या प्राचीन बौद्धनगर साकेत भएको दाबी गर्दै हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री युनेस्कोको संलग्नतामा सार्वजनिक गर्न र संग्रहालय निर्माण गरि राष्ट्रिय स्मारक घोषणा गर्न माग गर्दे आन्दोलन गरिरहेका छन् ।
भारती प्रधानमन्त्रीले अयोध्यामा अगष्ट ५ मा अयोध्यामा मन्दिरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्