१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर


26
Shares

काठमाडौं, साउन १९ । नेपालको आठौं संघनायकमा महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविर पदासीन हुनु भएको छ ।

सोमबार अखिल नेपाल भिक्षु महासंघले आठौं संघनायकमा भिक्षु बोधिसेनलाई पदस्थापन गरिएको हो ।

त्यस्तै संघउपनायकमा भिक्षु गुणघोष महास्थविरलाई पदस्थापना गरिएको छ ।

स्वयम्भु स्थित ऐतिहासिक आनन्दकुटी विहारको सीमागृहमा महासंघका उपाध्यक्षहरु भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविरको उपस्थितिमा पतिट्ठापनविधिबाट संघसम्मतिबाट दुवै जनालाई पदस्थापन गरिएको हो ।

भिक्षु बोधिसेन महासंघका धर्मानुशासक, पूर्व अध्यक्ष, बोधिचर्या विहार (बनेपा) का संस्थापक हुनु हुन्छ । त्यस्तै

भिक्षु गुणघोष महासंघका धर्मानुशासक, पूर्वाराम विहार (धुलिखेल) का संस्थापक प्रमुख हुनु हुन्छ ।

संघ सदस्य भिक्षुहरुको संघकार्यबीच कम्मवाचाकारक भिक्षु धर्मशोभन महास्थविर तथा भिक्षु शीलभद्र महास्थविरले कम्मवाचा वाचन गर्नुभएको थियो ।

संघउपोसथ कर्मसहित वर्षावासको प्रारम्भलगत्तै संघनायक प्रतिस्थापन सम्पन्न हुँदा काठमाडौं उपत्यकाका उपसम्पदा प्राप्त भिक्षुहरुको उपस्थिति रहेको थियो ।

अनुकूल समयमा सार्वजनिक समारोहको आयोजना गरी संघनायक अभिनन्दन समारोह कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

सातौं संघनायक धम्माचरिय अग्गमहापण्डित भिक्षु डा. ज्ञानपूर्णिक महास्थवीरको गत असार १९ निधन भएको थियो ।