
काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।
लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेकाले प्रधानमन्त्री ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गर्नुभएको हो ।
छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञका अलवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित हुनुहुन्छ ।

छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र विज्ञहरु संलग्न हुनुहुन्छ ।
यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्नुभएको थियो ।
पछिल्ला केहि दियता राजधानी काठमाडौंसहित देशका मुख्य शहरहरुमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि बढेको छ । वीरगञ्ज, विराटनगर, नेपालगञ्ज जस्ता शहरमा संक्रमितको संख्या बढेको छ ।
गत वर्षको चैत्र ११ बाट लगाइएको बन्दाबन्दी अर्थात् लकडाउन सरकारले यही साउन ६ गते अन्त्यको घोषणा गरेको थियो ।
तर लकडाउन अन्त्यपछि मानिसको भीडभाड बढ्ने र सुरक्षा सावधानी नअनाउने जस्ता कारणले पछिल्ला केही दिनयता संक्रमित ह्वात्तै बढ्न थालेका छन् ।
कति शहरमा त निषेधाज्ञा नै लगाउनु पर्ने अवस्था आएको छ । यस्तोमा अब के कसरी अगाडी बढ्ने भन्नेबारे निर्णय गर्न सरकारले विज्ञको राय लिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्