
काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
थपिनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६५ जनाले मात्र कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १५ हजार २६ पुगेको छ ।
अहिलेसम्म ५८ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल ५ हजार ९ सय २५ जना आइसोलेसनमा रहेका छन् ।
१० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्