
झापा, साउन २० । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको संयुक्त आयोजनामा झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
पालिकाहरूबाट १६ देखि २३ महिनाभित्रका ८ हजार १२ जना बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्