१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी ७ पुस्तक हुन् यस वर्ष मदन पुरस्कार पाउनयोग्य कृति


0
Shares

madan puraskar

काठमाडौं, साउन २१ । ‘मदन पुरस्कार–२०७६’ का लागि मदन पुरस्कार गुठीले सात वटा पुस्तक छनौट गरेको छ ।

मदन पुरस्कार गुठीका अनुसार यस वर्षको मदन पुरस्कार लागि २०७६ मा प्रकाशित १ सय ५१ वटा पुस्तक प्राप्त भएकोमा सात वटा छनौटमा परेको हो ।

छनौट गरिएका कृतिमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महरसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छन् ।

यी सात कृतिमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिने छ ।