
कैलाली, साउन २१ । कैलालीको कैलारी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन बुधबारदेखि लकडाउन गरेको छ ।
कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि लकडाउन जारी गरिएको कैलारी गाउँपालिकाले जनाएको छ ।
लकडाउनमा पालिकाभित्रका बजार व्यवसाय, सवारी साधन सञ्चालन लगायत सबै क्षेत्र बन्द रहेछन् ।
मानिसहरुलाई अत्यावश्यक काम बाहेक हिँडडुल गर्न निषेध गरिएको छ ।
कैलारी गाउँपालिकामा अहिलेसम्म ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरुमध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्