
सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ ।
मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
रुपनी गाउँपालिका वडा नं. ५ का पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।
रुपनी गाउँपालिकाका मृतक पुरुष डेढ महिनाअघि मलेसियावाट फर्किएर होम क्वारेटाइनमा बस्दै आएका थिए ।
उनमा ज्वरो र दमको समस्या देखिएपछि गत मंगलवार राजविराजस्थित गजेन्द्रनारायण अस्पताल लगिएको थियो ।
त्यस्तै ७१ वर्षीय पुरुष र ८० बर्षिय पुरुषलाई ज्वरो र श्वासप्रश्वासकै समस्या भएर गत साउन १५ गते राजविरास्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्