१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा चट्याङले एकजनाको मृत्यु


0
Shares

सिन्धुली, साउन २१ । यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ बषीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते हुनुभएको थियो ।

घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ ।

उपचारको लागि क्लिनिकमा लगिएको र बुधबार उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस