२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीमा १५ हजार हेक्टर जमिनमा लगाएको धान नष्ट


0
Shares

सर्लाही, साउन २२ । सर्लाहीमा वर्षाका कारण करिव १५ हजार हेक्टर जमिनमा लगाएको धान नष्ट भएको छ ।

निरन्तर परेको पानी र त्यस पछि लागेको चर्को घामले गर्दा धान बाली नष्ठ भएको हो ।

जिल्लाको दक्षिणी भेगमा लगाईएको धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देबान्द रायले बताउनुभयो ।

सर्लाहीमा करिव ४६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।