
काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’आएको छ ।
अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले जानकारी दिनुभयो ।
कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्