१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा रात्रीकालीन सुरक्षा चेकजाँचमा तीब्रता


39
Shares

चितवन, साउन २३ । चितवन ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले रात्रीकालीन सुरक्षा चेकजाँचलाई तीब्र बनाएको छ ।

पछिल्लो समय सवारी दुर्घट्नामा वृद्वि भएसंँगै ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त आयोजनामा वि.स. २०७६ माघ २० गतेदेखिको सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना लागू गरी रात्रीकालीन सवारी चेकजाँच शुरु गरिएको हो ।

सडक दुर्घटना भइरहने जिल्लाका रुपमा लिइएको चितवनमा दुर्घट्ना न्यूनिकरणका लागि चितवन प्रहरीले विभिन्न कार्ययोजनासहित काम गर्दै आएको जनाएको छ ।

राती हुने सवारी दुर्घट्नालाई मध्यनजर गर्दै सवारी चेकजांँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

राती भएका दुर्घटनामा मानवीय क्षति बढी भएको र चालकको लापरवाही, तीव्रगति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउने लगायतका कारण बढी हुने गरेको पाइएपछि चेकजाँचमा कडाइ गरिएको जनाइएको छ ।