१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा थपिए ६७ जना कोरोना संक्रमित


0
Shares

मोरङ, साउन २३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ ।

यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ भने हाल सम्म ९ सय १० जना डिस्चार्ज भएका छन् ।