
काठमाडौं, साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने बताउनुभएको हो ।
उहाँले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले लकडाउनको समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसँग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउदै सोही अनुसार वैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने बाउनुभयो ।
बैठकमा केही समिति सदस्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अनलाईन शिक्षा सुरु गरेको भएपनि तीनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलकका शिक्षकले बसी बसी तलब पाईराखेको भन्दै उनीहरुको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए ।
मन्त्री पोख्रेलले संक्रमितलाई राख्नका लागि वैकल्पिक व्यवस्था गरी क्वारेन्टिन बनाइएका स्कुलहरुलाई क्रमैसँग खाली गर्ने र निर्मलिकरण गरिने स्पष्ट पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्