१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा २० प्रतिशत संक्रमित होम आइसोलेसनमा


13
Shares

kathmandu valley corona

प्रज्ञा तिमल्सीना (ईमेज)

काठमाडौं, साउन २५ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उनीहरुलाई घरमै राख्ने निर्णय गरेको छ ।

संक्रमितको संख्या बढेसँगै शैया अभावको समस्या हुने र जटिल प्रकारका समस्या भएका बिरामीको उपचारमा समस्या हुने भन्दै होम आइसोलेसन सुरु गरिएको सरकारको तर्क छ ।

त्यसैअनुसार काठमाडौ उपत्यकामा नै कुल संक्रमितको झण्डै २० प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमणका कारण पर्सा जिल्ला संक्रमण नियन्त्रण बाहिर पुगिसकेको छ ।

पर्साको वीरगञ्जमा संक्रमितको संख्यालाई अस्पतालले धान्न नसक्ने अवस्थामा पुगेको छ ।

पर्सामा साउन महिना यता मात्र ८ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

हाल ४ सय माथि संक्रमित व्यक्ति होम आइसोलेसनमा रहेका छन् ।

उनीहरुमा न त स्वास्थ्यकर्मीको निगरानी छ न त सहयोग नै ।

पर्सासँगै काठमाडौ उपत्यका पनि संक्रमितको संख्यालाई धान्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

उपत्यकामा १ हजार भन्दा बढी संक्रमित छन् । तीमध्ये २० प्रतिशत व्यक्ति होम आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या बढ्दै गए अस्पताल र चिकित्सकले धान्न नसक्ने अवस्था आउने बताउँदै आएको छ ।

झन् लक्षणसहितका संक्रमितहरु देखिन थालेसँगै जोखिम उच्च रुपमा बढेको छ ।

जसमा स्वास्थ्य मन्त्रालयले अस्पतालले थेग्न नसक्ने अवस्था आउने भन्दै लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमित घरमा नै बस्न सक्ने मापदण्ड तयार पारेको छ ।

संक्रमतिले स्वास्थ्यकर्मी, नर्स वा पारामेडिसनको निगरानीमा बस्न सक्ने गरी मापदण्ड बनाइएको छ ।

एक जना स्वास्थ्यकर्मीले ५० जना संक्रमितलाई निगरानी गर्नुपर्ने हुन्छ ।

उनीहरुले एक संक्रमितलाई निगरानी गरेवापत एक दिनको २ सय रुपैयाँ मात्र पाउने व्यवस्था गरिएको छ ।

तर देशभर कति जना होम आइसोलेसनमा छन् भने तथ्यांक अझै पत्ता लाग्न सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले हाल कति जना बसिरहेका छन् भन्ने तथ्यांक आइनसकेको बताउनुभयो ।

स्थानीय सरकारलाई जिम्मा लगाएका कारण हाल कति जना आइसोलेसनमा छन् भन्न नसक्ने बताउनुभयो ।

संक्रमितले स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न खानपानमा विशेष ध्यान दिनुका साथै दिनको तीन पटक ज्वरो नाप्ने र रेकर्ड राख्नु पर्छ ।

निगरानी गर्ने चिकित्सकले फोन वा एसएमएसमार्फत स्वास्थ्य अवस्था बुझनु पर्ने हुन्छ ।

श्वास प्रश्वासमा समस्या, छाती दुख्ने, होस हराउने, ओठ–मुख निलो हुने जस्ता लक्षण देखा प¥यो भने अस्पताल लैजानु पर्ने मापदण्डमा उल्लेख छ ।

जनस्वास्थ्यका शर्त पालना नगर्ने व्यक्ति होम आइसोलेसनमा बस्न नपाउने मापदण्डले जनाएको छ ।

तर १ जना स्वास्थ्यकर्मीको निगरानीमा ५० जना संक्रमित व्यक्ति राखिँदा उनीहरुले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरे नगरेको अनुगनम गर्न भने समस्या हुने देखिएको छ ।

जसले जोखिम झन् बढ्ने सम्भावना हुन्छ ।

भिडियो हेर्नुहोस्