१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा कोरोनाका कारण स्वदेश फर्किएका नेपालीहरु फेरि फर्किए भारत


0
Shares

बिराज रोस्यारा (ईमेज)
कैलाली, साउन २५ । कोरोनाको कारण भारतबाट घर आएकाहरु फेरी भारततर्फे फर्कन थालेका छन् ।

नेपालमै रोजगारी गर्ने र यतै बस्ने अभिप्रायले नेपाल आएका उनीहरुले रोजगारी नपाएछि पुनः भारत तर्फे फर्कन थालेका हुन् ।

भारतमा कोरोनाको सन्त्रास फैलदै गर्दा ज्यान जोगाउन नेपाल आएकाहरु अन्ततः भारततीरै फर्कने अवश्थामा पुगेकाछन् ।

गाउँमा रोजगारी नभएपछि उनीहरु भारत तर्फ फर्कने बाध्यतामा पुगेका हुन् ।

कोरोनाको कहर भन्दा गाँस, बाँस र कपासको चिन्ताले गाँजेको छ उनीहरुलाई ।

घरमा भएका भल्ट्याङ भुल्टुङको पेट भर्नु पर्ने र घरबार हेर्नु पर्ने उनीहरुको बाध्यतालाई स्वदेशले नबुझेपछि उनीहरु भारततर्फनै फिर्न लागका हुन् ।

मर्नु भन्दा बौलाउनु निको भने झै बरु भोकले भन्दा रोगले मुर्नुृ जाति भन्दै उनीहरु बिदेशीने मनस्थितिमा पुगेका हुन् ।

कोरोनाको संक्रमणबाट बच्न र नेपालमै बसेर केहि काम गरौ भन्ने सोच बनाएर फर्किए पनि उनीहरुको इच्छामाथि तुषारापात भएको छ ।

तिनै तहका सरकार मिलेर रोजगारीको सृजना गरी दिए भारत नफर्कने संकल्प बोकेर आएका उनीहरुको संकल्प अन्तत पुरा नहुने भएपछि उनीहरुलाई भारत फर्कने बाध्यता परेको हो ।

नेपाल भित्रिएका अधिकांश भारत तर्फ लागेकाछन् ।

कोरोना महामारीका कारण भारतबाट नेपालीहरु घर फर्किरहेका बेला केहि नेपाली भने कामको खोजि गर्दै फेरी भारत पस्नु बिडम्बना हो ।

नेपालमै केही गर्ने योजनाका साथ भारतबाट घर फर्किएका कैलालीका रतन बिसिले नेपालमा केहि काम नपाएपछि फेरी भारत फर्किनु परेको दुखेसो पोख्नुभयो ।

सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाले प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत जाने गरेको जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको संख्या हाराहारीमा रहेको छ ।

उनीहरु कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउ लगायतका क्षेत्रमा पुग्ने गरेका छन ।

एकातिर कोरोनाको कहर र अर्को तर्फ भोक र परिवार पाल्नु पर्ने बिवशतामा रुमलिएकाहरुलाई स्थानयीय सरकारले रोजगारी दिन नसक्दा भारतर्फ फर्कनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ ।

त्यसैले स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वदेशमै रोजगारी दिने तर्फ सोच्न जरुरी छ ।

भिडियो हेर्नुहोस्