२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुद्ध जन्मभूमिबारे भारतले सच्यायो अभिव्यक्तिः बुद्ध नेपालमै जन्मिएका हुन्, कुनै विवाद छैन


0
Shares

Buddha nepal india foreign ministry

काठमाडौं, साउन २५ । भगवान बुद्धको जन्मभूमिबारे भारतीय विदेशमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई सच्याउँदै भारत सरकारले सच्याएको छ ।

विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिलाई सच्याउँदै भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको जनाएको हो ।

जबकी शनिबार एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय रहेको बताएपछि यसको चर्को आलोचना भएको थियो ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको प्रष्ट गरेको हो ।

‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

यसअघि नेपालले जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गौतम बुद्ध नेपालमा जन्मिएको र यसबारेमा कुनै बहसको अर्थ नहुने जनाएको थियो ।