२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकामा मास्कको प्रयोग गर्ने ७० प्रतिशत


0
Shares

काठमाडौं, साउन २५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाको ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२ दशमलव १ प्रतिशत व्यक्तिले मात्र मास्क प्रयोग गर्ने भेटिएको छ ।

परिषद्ले आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै २७ दशमलव १ प्रतिशत व्यक्तिले मास्क नलगाउने भेटिएको जनाएको हो ।

यस्तै सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा गरिएको सर्वेक्षणले सहि तरिकाले मास्क लगाउनेको संख्या ७२ दशमलव ६६ प्रतिशत रहेको र २७ दशमलव ३४ प्रतिशतले मास्क गलत तरिकाले प्रयोग गरेको देखिएको छ ।

तरकारी बजार,मठमन्दिर,मल, बैंक,मालपोत कार्यलयमा ३१ दशमलव २५ प्रतिशत व्यक्तिले मात्र सामाजिक दूरी कायम गरेको र ६० प्रतिशत स्थानमा स्यानिटाइजर र सावुनपानी राखिएको अध्ययनले देखाएको छ ।

२० प्रतिशत अस्पतालमा मात्र सामाजिक दूरी कायम भएको र कुनै पनि अस्पतालको चमेना गृहमा सामाजिक दूरी कायम नभएको पनि अध्ययनले देखाएको छ ।

५० प्रतिशत सार्वजनिक यातायातले मात्र एउटा सिटमा एक जना राखिएको भन्दै परिषद्का सदस्य सचिव डा.प्रदिप ज्ञवालीले मापदण्ड प्रभावकारी पालना नभएको भन्दै नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।