
झापा, साउन २५ । प्रदेश १ मा कोरोना संक्रमितहरु राख्न समस्या देखिएको छ ।
झापाका तीन वटा स्थानीय तहमा आइतबार एकै दिन पाँच जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या भएको हो ।
प्रदेश नम्वर १ मा संक्रमितलाई राख्नका लागि बनाइएका आइसोलेसन वार्ड अपुग छ ।
झापामा संक्रमण पुष्टि भएकाहरुलाई कहाँ पठाउने भन्ने विषय अन्योल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले बताउनुभयो ।
झापमा आइतबार एकजना सशस्त्र प्रहरीसहित पाँचजनामा संक्रमण पुष्टि भएको हो ।
झापामा हालसम्म ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ४४ जनाले कोरोना जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्