१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा लकडाउनको अवधिमा ३० जनाले गरे आत्महत्या


0
Shares

प्यूठान, साउन २६ । प्यूठानमा आत्महत्याका घटना बढ्दै गएको छ ।

प्यूठानमा लकडाउनको समयमा मात्रै ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

लकडाउनको अवधिमा २७ जना झुण्डिएर र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा प्यूठानमा ६२ जनाले आत्महत्या गरेका छन् ।

२०७५/०७६ मा ६३ र ०७४/०७५ मा ५९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्याको घटना बढेपछि यसको रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

आत्महत्या गर्नुको मुख्य कारणमा सानै उमेरमा प्रेम सम्बन्ध, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, बेरोजगारी, बढ्दो प्रविधिसँगै आएको विकृति लगायत देखिएको प्रहरीले जनाएको छ ।