१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अष्टेलियामा एकै दिन कोरोनाबाट १९ जनाको मृृत्यु


0
Shares

काठमाडौं, साउन २६ । अस्ट्रेलियामा सोमबार एकै दिन कोरोनाबाट १९ जनाको मृत्यु भएको छ ।

महामारीबाट सबैभन्दा बढी प्रभावित भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको ज्यान गएको हो ।

एकै दिन यति धेरैको ज्यान गएकोे यो पहिलो घटना हो ।

यसलाई महामारीको दोस्रो लहर सुरु भएको बताईएको छ ।

अहिलेसम्म अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३१४ पुगेको छ भने २१ हजार ३९७ संक्रमित छन् ।

यसमध्ये एक तिहाई संक्रमित भिक्टोरियाका रहेका छन् ।

भिक्टोरियाको राजधानी मेलबर्नमा एक महिनाअघि दोस्रो पटकको लकडाउन सुरु भएको थियो । (एजेन्सी)