
स्याङ्जा, साउन २६ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
चापाकोट नगरपालिका वडा नम्बर–८ का ७२ वर्षीय तोयबहादुर माझी खोरियाघाटस्थित कालीगण्डकी नदि किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृतक माझीको घरमा कोहि नभएको र उनकी श्रीमती माईतीमा बस्दै आएको प्रहरीले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धान शुरु गरीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्