
काठमाडौं, साउन २६ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना (कोभिड १९) का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार पारेको छ ।
कोभिड १९ सम्बन्धी पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरेको हो ।
डब्लुएचओको निर्देशिकामा सर्भिलेन्स डाटा विश्लेषण गर्दै सम्भावित लक्षणको मूल्यांकन गर्न भनिएको छ ।
निर्देशिकाले यस्तो परिभाषा प्रत्येक देशहरुलाई अनलाइनमा प्रकाशित गर्न तथा नियमित रुपमा स्वास्थ्य अवस्था प्रतिवेदन सार्वजनिक गर्न समेत भनेको छ ।
डब्लुएचओले जारी गरेको निर्देशिकामा शंकास्पद केसहरुको परिभाषा दिईएको छ ।
यसैबीच डब्लुएचओले संक्रमितहरुको केस रिपोर्ट फर्म डब्लुएचओलाई पठाउन नपर्ने भनेको छ ।
उसले केसहरुको साताब्यापी प्रतिवेदन हरेक साताको बिहीवार भित्र पठाउनसमेत भनेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्