
काठमाडौं, साउन २६ । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अध्यागमन विभाग सिल गरिएको छ ।
कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण पुष्टि भएसंगै विभागबाट हुँदै आएका कामकारबाही केही दिनका लागि बन्द गरिएको छ ।
गत शुक्रबार विभागका कर्मचारी, सुरक्षाकर्मी लगायत ५३ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएकोमा एक जनाको पजेटिभ र अन्य ५२ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
हाललाई उनीसँगै काम गर्ने अन्य कर्मचारीहरूलाई होम क्वारेन्टिनमा राखिएको छ ।
केही दिनमा संक्रमितको कन्ट्याक्टमा आएकाहरूको परीक्षण गराएपछि मात्रै सबै सेवाहरू खोल्ने बिभागले जनाएको छ ।
विभागको सेवा स्थगितसंगै केही स्वदेशी एवं विदेशी नागरिकहरुलाई भने अप्ठेरो परेको छ ।
संक्रमित कर्मचारीलाई कीर्तिपुरस्थित आइसोलेसन सेन्टरमा राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्