१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा ४४ सहित ३३८ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

थपिएकामा काठमाडौं उपत्यकाका ४४ रहेका छन् ।

तीमध्ये काठमाडौंका ३६ तथा ललितपुर र भक्तपुरका ४–४ जना हुन् ।

पछिल्लो २४ घण्टामा एक सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिले १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा र ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् ।

भिडियो हुर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.26

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.26#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, August 10, 2020