२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पुतलीसडकमा आगलागी


0
Shares

काठमाडौं, साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिनुभयो ।

विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ ।

आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । रासस