१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्जमा राजस्व असुलीमा १४ करोड कमी


0
Shares

वीरगञ्ज, साउन २७ । कोरोना महामारीका कारण गरिएको लकडाउनले गत बर्ष भन्दा चालु आवमा सरकारी कार्यालयको राजश्व असुलीमा निकै कमी आएको छ ।

प्रदेश २ भौतिक पूर्बाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय नारायणी सवारी शाखाको राजश्व असुलीमा गत वर्षभन्दा करिब १२ करोडले राजश्वमा कमी आएको हो ।

गत वर्षमा सो कार्यालयले १ अर्ब १० करोड राजश्व असुली गरेकोमा यस वर्षको १४ महिना अर्थात गत साउनदेखि असार मसान्त सम्म जम्मा ९६ करोड मात्र राजश्व असुली हुने देखिएको छ ।

असार २८ गते सम्म कार्यालयले ९४ करोड ७४ लाख राजश्व असुली गरेको कार्यालय प्रमुख कुशेश्वर साहले बताउनुभयो ।

लकडाउनले फागुनदेखि जेठ मसान्तसम्म एकदमै न्यून राजश्व असुली भएकाले गत वर्षभन्दा पनि न्यून राजश्व असुली हुने देखिएको उहाले बताउनु भयो ।

असार २८ सम्म ९४ करोड उठेकाले दैनिक ६०÷७० लाखको हाराहारीमा राजश्व असुली भइरहेको कार्यालयले जनाएको छ ।

गत फागुनमा ६ करोड ८५ लाख,चैतमा २ करोड ४९ लाख,वैशाखमा १ लाख ६७ हजार,जेठमा १० लाख २६ हजार मात्र राजश्व असुली भएको बताए ।

असार २८ गते सम्म १२ करोड १९ लाख राजश्व असुली भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले दैनिक ५ सय सेवाग्राही राजश्व तिर्ने काम लिएर कार्यालयमा आइरहेको कार्यालयले जनाएको छ ।

अहिले सवारीको दर्ता, नबिकरण, नामसारी लगायतको काम भइरहेको छ ।

असारमसान्त सम्म कर नबुझाए १ महिनासम्म जरिवाना नलाग्ने तर त्यसपछि ४५ दिन सम्म ५ प्रतिशत,६० दिन सम्म १० प्रतिशत,९० दिन सम्म२० प्रतिशत र त्यसपछि ३२ प्रतिशत सम्म जरिवाना लाग्ने प्रावधान छ ।