
काठमाडौं, साउन २७ । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य गिरावट आयो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से ६ अंकले ओरालो लागेर १४ सय २३ अंकमा आई थामियो ।
यसदिन कारोबार भएका सबैजसो समुह ओरालो लागे ।
होटल समुह सबैभन्दा उच्च ४३ अंकले ओरालो लाग्दा जीवन बिमा समुह २३ अंकले ओर्लियो ।
व्यापार, उत्पादनमुलक र लघुवित्त समुह दोहोरो अंकले ओरालो लाग्दा सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रह्यो ।
यसदिन १ सय ८९ कम्पनीको ३६ लाख बढी कित्ता शेयर १ अर्ब २७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्