
तस्विर : फाइल
धरान, साउन २८ । धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउनको अवधि थपेको छ ।
बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो ।
यसअघि धरान उपमहानगरपालिकाले बुधवारदेखि आजसम्म एक साताका लागि लकडाउनको अवधि जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्