१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनकुटा र तेह्रथुममा मकै उत्पादन राम्रो


0
Shares

धनकुटा, साउन २८ । धनकुटा र तेह्रथुममा यस वर्ष मकै उत्पादन बढ्ने अनुमान गरिएको छ ।

गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशत मकै उत्पादन बढ्ने कृषि ज्ञानकेन्द्र धनकुटाले अनुमान गरेको छ ।

यस वर्ष मकै खेतीका लागि अनुकुल वातावरण भएको र रोग किराको प्रकोप कम भएकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।

अघिल्लो वर्ष धनकुटामा १३ हजार ४ सय ६७ हेक्टरमा गरिएको खेतीबाट ४० हजार ४ सय १ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

यस्तै तेह्रथूममा १२ हजार ८ सय ९७ हेक्टरमा गरिएको खेतीबाट ३० हजार ३ सय ९५ मेट्रिकटन मकै उत्पादन भएको थियो ।