६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर


0
Shares

Pranab mukharji india expresident corona

काठमाडौं, साउन २८ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ ।

मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले जनाएको छ ।

पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो ।

तर कुनै सुधार नदेखिएको बताइएको छ ।

गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस संक्रमण भएको ट्वीटरमार्फत बताउनु भएको थियो ।

केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परिक्षण गराउन र अलग्ग बस्नको लागि समेत उहाँले आग्रह गर्नु भएको थियो । (एजेन्सी)