
काठमाडौं, साउन २८ । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागी हालसम्म ११ अर्ब ८६ करोड बराबर खर्च भएको छ ।
औषधी, क्वारेन्टिन व्यवस्थापनाका लागी केन्द्र, प्रदेश र स्थानिय तहमा गरि हालसम्म ११ अर्ब ८६ करोड ३३ हजार रकम बराबर खर्च भएको कोरोना रोकथाम तथा नियन्त्रण केन्द (सिसिएमसि) ले बताएको छ ।
प्रदेश सरकारले १ अर्ब ५० करोड रकम स्थानिय तहलाई प्रदान गरेको छ ।
यस्तै संघिय सरकारबाट ४ अर्ब ८० करोड, प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषबाट १ अर्ब ३ करोड र ६ अर्ब स्थानिय तहले केन्द्र सरकार, स्थानिय तह र प्रदेश सरकारले आफै खर्च गरेका छन् ।
कोरोना उपचार कोषमा हाल सम्म २ अर्ब ४० करोड रकम संकलन भएकोमा १ अर्ब ३ करोड रकम खर्च भएको जनाइएको छ ।
सो रकम मध्ये ३ सय २८ स्थानिय तहलाई क्वारेन्टिन व्यवस्थापनाका लागी २९ करोड ३० करोड, भारतिय सिमा नाकामा रहेका २० स्थानिय तहलाई होल्डिङ सेन्टर सञ्चालकनका लागि २ करोड ७७ लाख खर्च भएको छ ।
यस्तै, तराईका १८ जील्लामा भारतबाट आउनेलाई क्वारेन्टिन व्यवस्थापन गर्न ९० लाख, विभिन्न, अस्पताल, स्वास्थ्य प्रयोगशाला, अनुसन्धान परिषद्का लागी ३१ करोड ८३ लाख, विभिन्न स्थानिय तहमा आईसोलेसनदेखी उपचारका लागी ३ करोड ८० लाख, शव संकलन तथा भाडाका लागी ८ करोड खर्च भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यादव कोईरालाले जानकारी दिनुभयो ।
केन्द्रिय सरकारबाट प्राप्त रकम अस्पताल, सुरक्षा निकाय लगायतका क्षेत्रमा स्वास्थ्य सामग्री तथा प्रयोगशालाको सामग्री उपलब्ध गराएको सिसिएमसिले जनाएको छ ।
केन्द्रले सबै स्थानिय तहमा आवश्यक क्वारेन्टिन, आईसोलेसन बनाउनका लागी रकम पठाएपनि सो स्थानिय तहमा भएको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले राखेको छैन ।
प्रतिक्रिया दिनुहोस्