
बर्दिया, साउन २९ । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ ।
बिहीबार बसेको कोरोना (कोभिड– १९) संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
बैठकले जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन तत्काल एक हजार थान भिटिएम आवश्यक भएकाले प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरको छ ।
हरितालिका तीजसमेत आ–आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन अनुरोध गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्