१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शवबाट कोरोना संक्रमण सर्दैन : स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, साउन २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत शरीरबाट कोरोना (कोभिड–१९) को नसर्ने बताएको छ ।

शवले हाछयु नगर्ने र श्वास फेर्न नभएकाले संक्रमण नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उहाँको भनाइ छ ।

अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उहाँले बताउनुभयो । रासस