१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउन १५ पछि १० प्रतिशत मात्र होटल, रेष्टुरेन्ट संचालनमा


0
Shares

काठमाडौं, साउन २९ । पर्यटन क्षेत्रलाई विस्तारै गतिशिल बनाउन सरकार र सम्बन्धित निकाय तयारी थालिरहेकै बेला मुलुकमा बढेको कारोना संक्रमणका कारण फेरी अन्यौल भएको छ ।

होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने निर्णय गरेकोमा अब भने होटल तथा रेष्टुरेन्ट खुल्ला गरेर बसेर खान नपाइने तर, प्याक गरेर (टेक अवे) सेवा भने दिन मात्र पाइने सरकारले निर्णय गरेको छ ।

सरकारले जोखिम बढेसँगै होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको थियो ।

बन्द होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार साउनको १५ पछि जम्मा १० प्रतिशत मात्रै होटल व्यवसाय संचालनमा रहेका छन् ।

संचालित होटल व्यवसायीले टेक अवेको मोडलमा काम गर्न व्यवसायीहरु तयारी अवस्थामा रहेको होटल एसोसियसन नेपालका उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

यो क्षेत्रमा ४० प्रतिशत कर्मचारी कटौती गरेको केही दिन अघि राष्ट्रबैकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार १ दशमलव ८ प्रतिशत मात्र होटल पुर्ण संचालनमा, ७ दशमलव २ प्रतिशत होटल आशिक संचालन तथा ९१ प्रतिशत होटल संचालन नै हुन सकेका छैनन् ।

कोभिडको प्रभाव कहिले सम्म रहन्छ भन्ने यकिन छैन ।

यस्तो अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले बेलेैमा रणनीति बनाएर अघि बढ्न व्यवसायीहरुले जोड दिंदै आएका छन् ।