१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरो : ५ जनाको शव फेला, ३३ बेपत्ता


0
Shares

सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।

पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौं पठाइएको उहाँले बताउनुभयो । रासस