
पाँचथर, साउन ३० । पाँचथरमा यस बर्ष ९० प्रतिशत धान रोपाईँ भएको छ ।
समयमै मनसुन सुरु भएपछि यसवर्ष किसानलाई धान रोप्न सहज भएको हो ।
नौ हजार २०३ हेक्टर क्षेत्रफल धान खेतियोग्य जमिन रहेको जिल्लामा ८ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
पाँचथरका कृषकले बर्खे र चैते गरी दुई सिजनमा धान खेती गर्दै आएका छन् ।
किसानले चैते धानको तुलनामा वर्खे धानको खेती बढि गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्