१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ


0
Shares

काठमाडौं, साउन ३० । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु. पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।

काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु. पाँच लाख दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ ।

उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ । रासस