२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाको महामारीमा सहयोग गर्न सबै सदस्यलाई महासंघको अपिल


0
Shares

काठमाडौं, साउन ३० । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना (कोभिड–१९) महाव्याधीमा सहयोग गर्न आफ्ना सबै सदस्यहरूलाई अपिल गरेको छ ।

महासंघले शुक्रबार विज्ञप्ती जारी गरी तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता एवं विश्वास दिलाउन दिलाएको छ ।

मुलुकभरिनै रहेका आफ्ना संजाललाई संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले चालेका सबै कार्यक्रमहरूमा परिचालन गर्ने प्रतिवद्धता महासंघले व्यक्त गरेको छ ।

महासंघले आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अतिनै संवेदनशील अवस्थामा सरकारकोमात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

साथै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सवै स्वास्थ्य प्रोटोकलहरूलाई पालनगरी आफनो स्वास्थ्यको ख्याल गर्न महासंघले आम जनसमुदाय समक्ष गम्भीर आग्रह गरेको छ ।