१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपाल सुरक्षित गन्तव्य हो’


0
Shares

काठमाडौं, साउन ३० । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थानमा सहयोग पुग्ने बताउनुभएको छ ।

कोरोना (कोभिड १९) को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ ।

त्यसैले लकडाउनपछि पर्यटन क्षेत्र खोलिएको अवस्थामा नेपाल घुम्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्‍याउन सकेमा पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभएको हो ।

यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाएमा मात्रै यस क्षेत्र अझै विस्तारित हुन सक्ने उहाँको तर्क छ ।

बाह्य पर्यटन प्रवद्र्धनका लागि भिषा निःशुल्क बनाउनुपर्ने तथा पीसीआर परीक्षणलाई अनिवार्य गराउन जोशीको सुझाव छ ।

पर्यटन क्षेत्रको पुनरउत्थानका लागि सरकारले ल्याएको ५० अर्बको पुनरउत्थान कोषको परिचालन तत्काल गर्न सकेमा पर्यटन क्षेत्रमा अझै प्रभावकारिता थपीने जोशीको तर्क छ ।

कोभिड १९ कै कारण पर्यटन क्षेत्रमा २ खर्ब बढिको नोक्सानी भएको पर्यटन मन्त्रालयले जनाएको छ ।