
काठमाडौं, साउन ३२ । सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको हो ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पर्नेछ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य परिवर्तन गरिएको छैन । भारतबाट तेलको मूल्य बढेर आएकाले समायोजन गर्नुपरेको दाबी निगमका प्रवक्ता विनितमणि उपाध्यायको छ ।
प्रतिक्रिया दिनुहोस्