१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनओसीका कर्मचारीमा कोरोना


0
Shares

काठमाडौं, साउन ३२ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो ।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो ।

सोक्रममा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको हो ।

कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो ।

कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिनुभयो । कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ । यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् । सातदोबाटोको अन्तरराष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताउनुभयो ।