२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या पाँच महिनायताकै उच्च


0
Shares

काठमाडौं, भदौ १ । दक्षिण कोरियामा एकै दिन २ सय ७९ कोरोना संक्रमित फेला परेका छन् ।

पाँच महिनायता दैनिक वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो ।

नयाँ संक्रमितमध्ये धेरै साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन्। त्यहाँका पादरीलाई राष्ट्रपति मुन जेइनका प्रखर आलोचक मानिन्छ ।

यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो ।

उक्त विवादास्पद समूहसँग ५,२०० संक्रमितको सम्बन्ध रहेको बताइन्छ ।

गत मार्च महिनापछि संक्रमितको संख्या २०० नाघेको यो पहिलो पटक हो ।

योसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ५१५ पुगेको छ। यता गिर्जाघरका प्रमुख धर्मगुरु जुन क्वाङ हूनलाई पक्राउ गरिनुपर्ने भन्दै दुई लाखभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरेका छन् ।

सिन्चेओन्जी गिर्जाघरका गुरु ली मानहीलाई गत महिना पक्राउ गरिएको थियो । (एजेन्सी)