१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


४ वर्षमा विद्युत प्राधिकरणको ११ अर्ब ५ करोड नाफा


13
Shares

काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा ११ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष ४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित नाफा कमाएको छ ।

सोमबार प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा ११ अर्ब ५ करोड आम्दानी गरि प्राधिकरणको सञ्चित नाफा ४ अर्ब ८६ करोड पुगेको जानकारी दिनुभयो ।

घिसिङले प्राधिकरण अब आफँै पूर्वाधारका क्षेत्रमा लागनी गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भारतको अनुमतिपछि त्यहाँको बजारमा पनि विद्युत निर्यात गर्र्न सकिने जानकारीसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण गौरव गर्न लायक संस्था बनेको बताउनुभयो ।

प्राधिकरणले सरकारले चाहेअनुसार औद्योगिक र घरेलु ग्राहकलाई सुविधा दिएको उहाँको भनाइ थियो ।

४ वर्ष अघि आर्थिक वर्ष २०७२/७३ मा कुल नोक्सानी ३४ अर्ब ६० करोड व्यहोरेको प्राधिकरणले २०७६÷७७ सम्म आईपुग्दा ११ अर्ब नाफा कमाएको छ ।

यस अवधिमा प्राधिकरणले विद्युत चुहावट नियन्त्रण १५ प्रतिशतमा सिमित गरेको छ ।

वि.स. २०७३ सालमा विद्युत चुहावट २५.७८ प्रतिशत थियो ।

यस्तै यस अवधिमा विद्युत खपत पनि बढेर २ सय ४५ युनिट विद्युत प्रतिव्यक्ति प्रतिवर्ष पुगेको पनि प्राधिकरणले जनाएको छ ।